Ad Banner

कमजोर टिम मंगोलियामाथि नेपालको धावा – दिपेन्द्र, रोहितसमेत चम्किँदा २७३ रनको कीर्तिमानी जित

साझा कथा । कमजोर टिम प्रतिष्पर्धामा आउँदा नेपाली क्रिकेट टिमले धावा बोलेको छ । सन् २०२१ मा मात्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा आवद्ध भएको टिम मंगोलियाले टी-२० क्रिकेटमा नेपालसँगकै खेलमा डेब्यु गरेको हो । नेपाल भने एक दीवसीय मान्यता प्राप्त राष्ट्र हो ।

चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल मंगोलियाविरुद्ध विश्व रेकर्ड राख्दै हावी भयो । जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान भएको खेलमा नेपालले २७३ रनको विश्व कीर्तिमानी जित हासिल गर्यो । यो स्कोर टी-२० को इतिहासकै अहिलेसम्मकै ठूलो जित हो । यसअघि जितको आधारमा ठूलो जित चेक रिपब्लिकको २५७ रनको थियो ।

यस्तै टी–२० खेलमा सबैभन्दा ठूलो योगफल पनि नेपालकै नाममा दर्ज भएको छ । यसअघि चेक र अफगानिस्तानले विश्वकीर्तिमानी २७८ योगफल बनाएका थिए । नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । बलिङमा नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले २/२ विकेट लिए। करणले २ ओभरमा १ मेडन राख्दा १ रन र अभिनासले २ ओभरमा १ मेडन राख्दा २ रन मात्र दिए । सन्दीपले पनि २ ओभरमा १ मेडन राख्दा ७ रन खर्चिए । सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

अन्य राष्ट्रसँगको खेलमा निक्कै कमजोर प्रदर्शन गर्ने दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलसमेत यो खेलमा चम्किए । ऐरीले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । सदाझैँ ओपनर कुशल भुर्तेलले १९ रन बनाए । कमजोर टिम पाउँदा समेत भुर्तेलको व्याट त्यति चलेन ।

तर रोहित पौडेलले भने मौकाको फाइदा उठाए । उनले २७ बलमा ६१ रन जोड्न सफल भए । सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को कीर्तिमान बनाए । ५० बल खेलेका मल्लले कूल १३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशकतक प्रहार गर्दै अर्को विश्वकीर्तिमान बनाए । दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान उनले तोडेका हुन् ।

मूह ए मा रहेको नेपालले अब दोस्रो खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

यो पढ्नु भयो ?