साझा कथा । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो । हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।
२०३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए। पाँचौं विकेटका रुपमा ब्याटीङमा आएका दीपेन्द्रले १५ बलमा ४ छक्का प्रहार गरेका थिए ।
यस्तै, ओपनर कुशल भुर्तेलले २८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए । कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाए भने सोमपाल कामी ७ र गुल्सन झा ६ रनमा पबेलियन फर्किएका थिए । सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे । सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १३ बल लेख्दा एक चौका र दुई छक्का सहित १८ रनमा अविजित रहे ।
करण केसी व्याटिङमा चुक्दा नेपाल भारतसँग पराजित
१३ बल खेलेका केसीले ब्याटीङमा राम्रो प्रदर्शन गर्ने अवसर हुदा हुदैँ त्यसमा भने उनि चुकेको देखिन्छन् । सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १३ बल लेख्दा एक चौका र दुई छक्का सहित १८ रनमा अविजित रहे । १३ बल खेलेका केसीले ब्याटीङमा राम्रो प्रदर्शन गर्ने अवसर हुदा हुदैँ त्यसमा भने उनि चुकेको देखिन्छन् । १७.१ ओभरमा आठौँ विकेटको रुपमा आएका केसीलाई ब्याटीङन राम्रो प्रदर्शन गर्नका लागि तीन ओभरको अवसर भने बाकी नै थियो । आठौँ विकेटको रुपमा आएका केसीले गुल्सन झा सँगको पटर्नरसिपलाई लामो समय टिकाउन सकेन, नवौँ विकेटको रुपमा आएका सन्दीप लामिछानेले ४ बल खेल्दै आउट भए लामिछाने सँग पनि उनको राम्रो पार्टनरसिप हुन सकेन र २० ओभर सबै सकियो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोड्यो।
भारतका लागि ओपनर खेलाडी यशस्वी जैशवालले शतक प्रहार गरे। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे।