Ad Banner

यौन पिपाशु एमाले जिल्ला उपाध्यक्ष – भतिजीलाई भने, ‘तिम्रो मिल्कको फोटो पठाउ’

साझा कथा । सुरत बहादुर शाही कर्णालीमा प्रख्यात नाम हो । नेकपा एमालेभित्र उनी केन्द्रसम्म नै परिचित छन् । उनी अहिले एमाले जुम्लाका उपाध्यक्ष हुन् । तर उनै शाहीबाट जुम्लाका चेलिबेटीहरु असुरक्षित छन् । केहि युवतिहरुलाई उनले बलात्कार गरिसके । केहिलाई यौन प्रस्ताव राख्दै हिँडेका छन् । आफ्नै नाता पर्ने छोरी बहिनीहरुमाथि यौनहिंसा र बलत्कार गदै हिडेका छन् उनी ।

जुम्ला तातोपानी गाउँपालिका वडां नं ८ का शाही दुई पटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका नेता हुन् । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार थिए । तर पराजित भए । नेतालाई आर्दश मानेर गाउँघरमा धेरै मानिसहरु उसको पार्टीमा जोडिन्छन् । तर शाहीले भने आफ्नै गाउँमा छोरी बहिनीहरुलाई यौन हिंसा र बलत्कार गरेका घटनाहरु बाहिर आउन थालेका छन् ।

राजनीतिक पहुँचका आधारमा अहिलेसम्म उनीमाथि कारबाहि प्रक्रिया अघि बढेकै छैन । उनको शिकार भएका युवतिहरु पनि डरका कारण उनको अपराध विरुद्ध मुख खोल्न सकेका थिएनन् । तर अहिले एक जना युवति शाही विरुद्ध बोल्न थालेकी छन् ।

शाहीको पहिलो काण्ड: उनले दुई वर्ष अगाडि कालिका माध्यमिक विद्यालय तातोपानी ८ टोप्लामा कक्षा ११ मा अध्ययनरत शान्ति (परिवर्तित नाम) लाई बलात्कार गरे । उनी शाहीकी छोरी नाता पर्थिन् । शाहीले समाजको ‘बेइज्जत थाम्न’ पैसा र खसी दिएर मिलापत्र गरेको खुलासा भएको छ । सोझा बुबा आमालाई उनले धम्की दिएर विषय बाहिर ल्याउन दिएनन् । बरु शाही छाति फुकाएर गाउँमा हिँडे ।

शाहीको दोस्रो काण्ड: शाही थरकै नातिनी नाता पर्ने एक जना बिवाहित महिला थिइन् । उनीसंग पनि नेता शाहीले पटक पटक यौन सम्पर्क गरेको खुलेको छ । ‘तिम्रो श्रीमान शका गर्छ कि नाई ?’ ‘तिम्रो फेसबुक आइडी तिम्रो बुढासँंग छ की छैन ?’ जस्ता एसएमएस पठाएर उनले सोधेको प्रमाणहरु बाहिर आएका छन् । पीडित महिलाले भनेकी छन्, ‘यो एमालेको नेताले हाम्रा गाउँका धेरै दिदि बहीनीको अस्तित्व लुट्न खोजेको छ । कसैले नेता हो पहुँच छ भनेर केही गर्न सकेन । कसैले गाउँकै दाजुभाइ हो, हाम्रो इजत जान्छ भनेर चुप लागेका छन् । उसले गर्दा गाउँका सबै छोरी असुक्षित भएका छन् ।’

शाहीको तेस्रोे काण्ड: शाहीकी छोरी नाता पर्ने एक अर्की किशोरीलाई पनि फोन मार्फत पटक पटक यौनको प्रस्ताव राखेको कुरा गाउँमा हल्ला फैलिएको थियो । त्यो विषय पनि गाउँमै गुपचुप पारिएको थियो । पटक पटक उसले गरेका अपराध, बलत्कारका घटना गाउँको आफ्नो भाइ छोरा भनेर सबै गाउँले चुपचाप बसेका हौँ । अहिले त अति हुन थालेको छ । सबै गाउँलेलाई त्यो नेताबाट छोरीहरु कसरी जोगाउने हो भन्ने चिन्ता रहेको टोप्ला गाउँका एक जना स्थानीयले बताएका छन् ।

शाहीको चौथो काण्डः अहिले फेरि अर्को काण्ड सामाजिक सञ्जालमा आएको छ । शाही थरकै १७ बर्षीया छोरी नाता पर्ने बालिकालाई नेता शाहीले बलात्कारको प्रयास गरेको समाजिक सञ्जालको कुराकानी र फोन रेकर्ड अडियोबाट पुष्टि हुन्छ । आफ्नै परिवारभित्रकी नाताले छोरी पर्ने किशोरीलाई आर्थिक प्रलोभन देखाउदै उनले यौन प्रस्ताव राखेका छन् ।

अन्दाजी १७ वर्षकी बालिकालाई सामाजिक सञ्जालको म्यासेजमा इन्ट्रान्समा नाम निकाल्नको लागि भनि दिने, ट्युशन पढेको खर्च आफै तिरीदिने, त्यसको बदलामा ती नाबालिकाले आफुलाई यौन सम्पर्क गर्न दिनुपर्ने माग राखेको अडियो सार्वजनिक भएको छ । नाताले एमाले नेता शाही ती नाबालिकाको जेठो बुबा पर्छन् ।

ती नाबालिकासँग भएको कुराकानीः
शाहीले फोनमा भनेका छन्ः म तिमिसँग अरु कुरा गर्दिन तिम्रो पढ्ने कुरा फिक्स गरेको छु । तिम्रो पढाईको लागी खर्च म दिन्छु राम्रोसंग पढ्नु, अनि मैले मागेको त्यो कुरा दिन्छौँ नि ?
बालिकाः हुन्छ के कुरा हो भन्नु नी?
शाहीः सेक्स गर्न दिनुपर्छ ।
शाहीः तिम्रो फोटा पठाउनु, फेसबुकको मेसेजमा
बालिकाः केको फोटा
शाहीः तिम्रो मिल्कको फोटा पठाउ

शाही विरुद्ध युवतिले उजुरी दिने तयारी गरेकी छन् । ती नाबालिकाको आर्थिक अवस्था कमजोर हुँदा अरुकै घरमा बसेर अध्ययन गरिरहेकी थिइन् । तर उनी अहिले जुम्ला सदरमुकाम आएर उजुरी दिन सक्ने अवस्थामा छैनन् । उनले भनेकी छन्, ‘म घरबाहिर छु । पढ्न आएकी छु । यहाँ छोडेर जिल्ला आएको खण्डमा भोली त्यही घरमा मलाई पढ्ने व्यवस्था नहुन सक्छ । त्यसपछि मेरो पढाई पुरा नहुन सक्छ । मलाई पढाइको चिन्ता छ । म कानुनी कुरा जान्दिन तर उसले पटक पटक मलाई करणी गर्ने मनसायले नै फोन म्यासेज गर्ने गरेको थियो ।’

नेता शाहीले लामो समयसम्म फेसबुक मार्फत यौन प्रस्ताव राखेर हैरान बनाएपछि ती युवतिले आफ्नो दाईलाई भनेकी थिइन् । दाईले नै उनलाई ती मेसेज सुरक्षित राख्न र अडियो रेकर्ड गर्न सिकाएका थिए ।

शाही जुम्लामा नै रहेको कालिका टेक्निकल स्कूल अफ अग्रिकल्चर साइन्सका अध्यक्ष समेत हुन् ।

यो पढ्नु भयो ?