साझा कथा । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा युवाहरुको वृहत सहभागिताको कुरा उठिरहेको छ । यहि कुरा सार्थक बनाउन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३–०२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बासिदले चाहेका छन् – संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता ।
बासिद एक सम्भावनायुक्त एनआरएनए अभियन्ता हुन् जो युवा जोशका पर्याय बनेका छन् । बासिदको संघर्षको कथा जति अमिलो छ, त्यो भन्दा कैयौँ गुणा गुलियो छ वर्तमान । उनले कर्मथलो कतार रोेजे र अहिले सफल व्यवसायी बनेका छन् । छोटो समयमै कुशल कार्यशैली र गहन जिम्मेवारी प्रस्तुत गर्दै आएका बासिद अहिले युवाहरुको ढुकढुकी बन्न सफल भएका छन् ।
उनी एनआरएनएलाई गतिशील, प्रभावकारी र सशक्त बनाउने सुन्दर सपना बुनेको बताउँछन् । एनआरएनए स्पोर्टस् एकेडमीलाई संस्थागत गर्ने र एनसीसीलाई सिधा एनआरएनएसँग जोड्ने योजना बुनेका बासिदले बासिदले एनआरएनए स्पोर्टस् एकेडेमीका लागि व्यक्तिगत ५ लाखबाट सुरु गरी कार्यकालभर १ करोडको कोष खडा गर्ने घोषणा गरेका छन् ।