साझा कथा । नेपालले जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो ।
७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालले १० रनमै तीन विकेट गुमाएपछि क्रिज आएका देव खनाल र अर्जुन कुमालले समान ३२र३२ रन बनाए । देवले २७ बलमा ३२ रनमा अविजित रहे । अर्जुन पनि ३१ बलमा ३२ रन बनाउँदै अविजित रहे ।
पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुँदै ७७ रन बनाएको थियो । बहराइनका लागि मोहमद बसिल अब्दुल हकिमले ३४ रन बनाए। ७७ बलको सामना गरेका उनले २ वटा छक्का र २ वटा चौका प्रहार गरे । अन्य ब्याटरले भने दोहोरो अंक पनि जोड्न सकेनन् ।
नेपालका लागि दिपेश कँडेलले ६ विकेट लिए । दुर्गेश गुप्पाले ४ विकेट लिए । नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । समूहको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।