साझा कथा । नेपाल राष्ट्र बैंकले दशैं तथा तिहारलाई लक्षित गरी आजबाट सर्वसाधारणलाई नयाँ नोट दिन सुरु गरेको छ । दसैँ सुरु भएसँगै राष्ट्र बैंकले सोमबारदेखि केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट सटही सुविधा दिन सुरु गरेको हो ।
प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणले दसैँका लागि पाँच रुपियाँदेखि एक सय रुपियाँसम्मको नयाँ नोट पाउनेछन् । नयाँ नोट लिनका लागि सर्वसाधारण बिहानै देखि लाइन लागेका छन् ।
यसपालि दसैँका लागि मात्रै १० अर्बभन्दा बढी रुपियाँको नयाँ नोट छापेको छ
काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।
तपाईलाई केहि भन्नु छ ?