Ad Banner

पूर्व वाइसियल नेता – बहुविवाहको मुद्दामा जेल, राष्ट्रपतिबाट आममाफी, लगत्तै प्रेमिकाको हत्या

साझा कथा । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ९ बस्ने ३३ बर्षीय लोकबहादुर विक माओवादीको भातृसंगठन  वाइसियलका स्थानीय नेता हुन् । आफ्नो क्षेत्रमा राम्रै परिचय बनाएका विकमाथि २०८० को सुरुवातमै बहुविवाहको मुद्दा चल्यो । उनी जेल चलान भए । २०८० साल माघमा उनको कैद भुक्तान हुँदै थियो । तर असल चालचलन देखाएको सिफारिस अनुसार राष्ट्रपतिबाट उनले संविधान दिवसको दिन अरु ७०० कैदीजस्तै आममाफी पाए ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका बिकले एक महिनाभित्र रुकुमा एक महिलाको हत्या गरेका छन् । विकले होटेलमा लगेर मुसीकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्वीकार गरेका छन् । लोकबहादुरले भावनाको घाँटीमा धारिलो चक्कु प्रयोग गरेर हत्या गरेका थिए । भावना अरु कोहि नभएर लोकबहादुरकै प्रेमिका भएको बताइएको छ । भावनाका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । लोकबहादुरकी श्रीमति पनि विदेशमै छिन् । भावना र लोकबहादुरबीच अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले  बताएको छ ।

प्रहरीले घटनास्थल होटलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिवादीको मोबाइलसमेत बरामद गरेको छ । लोकबहादुर कारागारमुक्त भएको २५ दिन भित्रमा भावनासँग मोबाइलमा १२४ पटक कुराकानी भएको, कारागारमा रहँदा मृतक भावना दुई पटक भेट्न गएको कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।

हत्या आरोपी लोकबहादुरले बहुविवाह मुद्दामा रुकुमको कारागारमा कैद भुक्तान गरेका थिए ।

यो पढ्नु भयो ?