Ad Banner

प्यालेस्टाइनको पक्षमा समर्थन गर्दै हजारौँ नागरिक सडकमा

साझा कथा । इजरायलीले गाजाको एक अस्पतालमा बम बिस्फोट गरेपछि सयौँ मानिसको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार गाजा सहरस्थित एक अस्पताल परिसरमा भएको हमलामा ‘ठूलो संख्यामा सहित र घाइते’ भएका छन्। प्रत्यक्षदर्शीहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्यालेस्टिनी क्षेत्रमा भएको युद्धपछि अस्पतालमा उपचार गराइरहेका उनिहरुमा रकेट हमला हुन्छ भन्ने विश्वास नै थिएन । ​ उक्त अस्पतालमा बम बिस्फोट भएपछि प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ यमनीहरूले प्रदर्शन गरेका छन्।

गाजा पट्टीमा भएको हिंसाको बिरोधमा आफूहरू सडकमा उत्रिएको उनीहरूको भनाइ छ । उनीहरले क्रुरता रोक्दै युद्ध बिराम गर्न आह्वान गरेका छन्।

इजरायल र हमासबीच बढ्दो द्वन्द्वका कारण प्यालेस्टाइनी जनताहरु चपेटामा परेका छन्। इजरायलले निरन्तर बम बर्साइरहँदा प्यालेस्टाइनी नागरिक अनाहकमा मारिएका छन् । अहिले विश्वका कैयौं देशका नागरिकहरु प्यालेस्टाइनी जनताको समर्थनमा उत्रिएका छन्।

यस्तै सोमबार मोरक्कोका हजारौं नागरिकले पनि सडकमा उत्रिएर प्यालेस्टाइनी नागरिकको सुरक्षाको माग गरेका छन् ।

उनीहरुले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । हजारौं नागरिकले प्यालेस्टाइनको समर्थन गर्दै रबात सहरको सडकमा उत्रिएका थिए। उनीहरुले प्यालेस्टानइनको झण्डा बोकेर प्रदर्शन गरेका थिए।

यो पढ्नु भयो ?