Ad Banner

धादिङमा नयाँ गन्तव्यः सबैको प्रिय भैरवी

साझा कथा । धादिङ जिल्लाको सदरमुकाम धादिङवेशी नजिकै एउटा नयाँ गन्तव्य स्थापित भएछ । जुन लामो समयसम्म प्रचारविहीन गुमनाम जस्तै रह्यो ।

धार्मिक तथा प्राकृतिक दुबै हिसाबले उत्तिकै आकर्षित भैरवी मन्दिर नीलकण्ठ नगरपालिका ६, सुनौलाबजारमा अवस्थित छ । धादिङवेशीबाट १८ किलोमिटर टाढा पर्ने सो मन्दिरमा केही पर्यटकीय पूर्वाधार र सडक बाटोको सहजताका कारण हिजोआज आन्तरिक पर्यटकहरुको चहलपहल अत्याधिक हुँदो रहेछ ।

राजा रामशाहको पाला अघि नै शक्तिपिठको रुपमा परिचित भैरवी मन्दिर करीब १५ सय मिटरको उचाईमा छ र जहाँबाट लाङटाङसहित गणेश हिमाल, मानापाथी हिमालका हिमशृंखला तथा मनोरम पहाडी दृश्यहरुको अवलोकन गर्न सकिन्छ ।

विशेषतः दसैं, माघे संक्रान्ति तथा रामनवमीमा मेला लाग्ने यहाँ सबै मौसममा पर्यटकहरु पुग्दा रहेछन् । हामी दसैंको अवसरमा मन्दिर पुग्यौं । मन्दिर पुग्दा जे देखियो सोही दृश्यहरुलाई फोटो कथाको रुपमा तपाईं समक्ष पस्केका छौं ।
फोटोः शिव श्रेष्ठ

 

 

 

यो पढ्नु भयो ?