त्रिदेशीय टी-२० सिरिजः नेपाल र यूएईबीचको फाइनल खेल आज

साझा कथा । त्रिदेशीय टी-२० सिरिजको फाइनल खेलमा आज नेपाल र यूएईबीच हुँदैछ ।

आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच फाइनल हुन लागेको हो । नेपाल सिरिजको सबै खेल जित्दै फाइनलमा पुगेको हो भने यूएई रनरेटको आधारमा हङकङलाई पछि पार्दै फाइनलमा पुगेको हो । नेपाल, यूएई र हङकङबीच नेपालमा जारी सिरिजबाट हङकङ भने बाहिरिसकेको छ ।

नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। यूएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो । युएई र हङकङले एकअर्कासँग एकएक जित हात पारेको थियो तर रन रेटको आधारमा यूएई फाइनलमा प्रवेश गरेको हो ।

यसअघि यूएईसँग मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाल ५ विकेटले विजयी बनेको थियो भने पहिलो खेलमा पनि नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो । आजको खेलमा पनि नेपाल जित निकाल्दै त्रिदेशीय टी-२० सिरिजको उपाधि चुम्ने दाऊमा छ ।

नेपालले हङकङलाई पनि कात्तिक २ गते ६ विकेटले र कात्तिक ४ गते ७९ रनले पराजित गरेको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?