गाजामा मृत्यु हुनेको संख्या १० हजार नजिक, मारिनेमा बढी बालबालिका

२०८० कार्तिक २०, सोमबार

साझा कथा । इजरायलको आक्रमणबाट हालसम्म गाजामा ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको मृत्यु भएको छ । इजरायल–हमास युद्ध २९औं दिनसम्म गाजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेका छन् । अक्टोबर ७ मा हमास समूहले इजरायलमा गरेको आक्रमणपश्चात गाजा क्षेत्रमा जवाफी कारबाही जारी छ । इजरायलले हमासलाई लक्षित गरेको भन्दै गरिरहेको कारबाहीमा सर्वसाधारण बढी प्रभावित भएका छन्।

हमासको आक्रमणबाट इजरायलमा १ हजार ४ सय मानिसहरूको मृत्यु भएको थियो । त्यसयता इजरायलले लगातार गाजामा आक्रमण गरिरहेको छ। युद्धविरामको आग्रहलाई अस्वीकार गर्दै इजरायलले गाजामा सर्वसाधारणको मृत्यु हुने गरि आक्रमण गरिरहेको छ । हमासले इजरायलबाट २४० जनालाई बन्धक पनि बनाएको थियो ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?