राष्ट्रिय क्रिकेट टीमलाई गायक शर्माले दिए ५० लाख रुपैयाँ पुरस्कार

२०८० कार्तिक २१, मंगलवार

साझा कथा । गायक हेमन्त शर्माले नेपाली क्रिकेट टोलीलाई ५० हजार रूपैयाँ हस्तान्तरण गरेका छन् ।

आईसीसी टी–२० विश्वकपको एसिया छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले यूएईलाई हराए गायक हेमन्त शर्माले ५० हजार पुरस्कार दिने घोषणा गरेका थिए ।
मंगलबार बिहान कप्तान रोहित पौडेल र खेलाडी कुशल भुर्तेललाई भेटेर गायक शर्माले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

गायक शर्माले फेसबुकमार्फत् आफूले बोलेको कुरा पूरा गरेको जानकारी दिदै, उनले लेखेका छन् “आज बिहान नेपाली क्रिकेट खेलाडीद्वय क्याप्टेन रोहित पौडेल तथा कुशल भुर्तेल साथ साथै उहॉहरूका सहयोगी दाई रबि तिमल्सिना सँग भेट गरेर अस्ति बोलेको कुरा पुरा गर्दा खुशी मिल्यो। मीठा कुराकानी पनि भए। खुशी त तेतिबेला अझ दोब्बर भयो जब उहाँहरूले दाईको यो सहयोगमा हाम्ले अरू थपेर अस्ति रातीको भुकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुनाराको घर मरम्मतका निम्ति पठाउछौ”

गत शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को टी–२० विश्वकपमा छनोट भएको थियो ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?