‘भूकम्प प्रभावित ठाउँमा स्वास्थ्य संकट आउन सक्छ’

साझा कथा । गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट र रुकुम पश्चिमलगायतका स्थानमा गएको भूकम्पपछि अहिले त्यहाँ राहत तथा पुनस्र्थापनाको कार्य चलिरहेको छ । समुदाय र स्थानीय निकाय भूकम्पपछिको अवस्थाबाट बौरिन नसकिरहेको अवस्थामा ती क्षेत्रमा स्वास्थ्य सङ्कट निम्तिने सक्ने अवस्थातर्फ तत्काल ध्यान दिनुपर्ने देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घको तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको स्थलगत भ्रमण तथा राहत वितरण गरेर फर्किएको सङ्घको चिकित्सकसहितको टोलीले सो क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्‍याउन नसके स्वास्थ्य सङ्कट चुलिन सक्नेतर्फ ध्यानाकर्षण गराएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा खटिएका सङ्घका अभियन्ताहरुले करिब १८ हजार घर बस्नै नहुने गरी भत्किएको र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी गराएका छन् ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले राहत विस्तारै पुगे पनि चिसोको समयमा खुल्ला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाहरुको स्वास्थ्य जोखिम बढ्ने देखिएको जानकारी दिए । उनले भने, “पिउने पानीको समस्या छ । भूकम्पको कारणले मानसिक त्रास छ । गाउँमा सामूहिक दाहसंस्कार गरिएको छ । घर–घरमा क्रियापुत्री छन् । एउटै घरमा बिरामी छन् त्यही घरमा मान्छेहरु दुःखमा छन् । त्यहाँको अवस्था शब्दमा व्यक्त गर्न सकिन्न ।”

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?