साझा कथा । आज लक्ष्मीपूजा । लक्ष्मीपूजाकै दिनबाट तिहारका लागि अत्याधिक मात्रामा फूलको खपत हुन्छ । यही मौका छोपेर व्यापारीहरुले फूलको भाऊसमेत बढाइदिन्छन् । तर, काठमाडौं महानगरपालिकाले फूल बिक्रीका लागि केही निश्चित ठाउँहरु तोकेका कारण उपभोक्ताहरु ठगिनबाट जोगिदै छन् । महानगरले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बिक्रीका लागि ठाउँ तोकेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ् कमर्सको संयुक्त प्रयासमा बिक्री गरिएको फूल र फूलका माला तुलनात्मक रुपमा सस्तो पनि र राम्रो पनि देखिन्छ । महानगरले नेपालमै उत्पादन भएको फूललाई प्रवद्र्धन गर्न ल्याएको कार्यक्रमलाई साझा कथाले फोटो कथाको रुपमा प्रस्तुत गरेको छ ।
तपाईलाई केहि भन्नु छ ?