‘अञ्जली दिदि’ले लगाइदिइन् २ सय बढीलाई भाइटिका

काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई सदाझैँ तिहारको सामूहिक टीका लगाइदिएकी छन् । विसं २०५५ देखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आइकी ‘अञ्जली दिदी’ले आज करिब दुई सय दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिइन् ।

दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला भएका थिए । काष्ठमण्डपमा सामूहिक टीकाका लागि एकसय ५० मण्डप बनाइएको थियो । दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको अञ्जलीको भनाइ छ ।

?????????? ???????????? ????????? ?????? ?????? ??????? ????????? ????????? ? ??.??. ???? ??????? ???? ?????? ???????? ??????? ????? ??????? ??????? ???????? ????????? ? ? ?????? : ???? ?????/????

आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै अञ्जली दिदीले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको उल्लेख गरिन् । अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारको टीका लगाउने दाजुभाइलाई विशेष उपहार समेत प्रदान गरेकी थिइन् ।

काठमाडौँको मरु निवासी नरेश श्रेष्ठ अञ्जली दिँदीसँग सप्तरङ्गी टीका लगाउन पाउन प्रसन्न थिए । उनले तिहारमा निधार खाली तथा मन खल्लो नहोस् भनेर अञ्जली दिदीसँग टीका लगाउन आएको बताए। मण्डपमा बसेका दाजुभाइलाई अञ्जली दिदीले सप्तरङ्गी टीका, माला र सगुन प्रदान गरेका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?