टिकटक प्रतिबन्ध- सुरु भयो मुद्धामामिला

साझा कथा । टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धको विषयलाई लिएर अहिले व्यापक टिकाटिप्पणी भइरहेको छ । तिहार अगाडी नै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै तिहार बिदा भयो र टिकटकमाथिको प्रतिबन्धबारे मुद्दामामिला सुरु भएको थिएन । यसैबीच शुक्रबार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट परेका छन् । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै चर्चित वकिलहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा सात वटा रिट पुगिसकेको जानकारी दिएका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको उनले बताए ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीलगायत शुक्रबार रिट लिएर सर्वोच्च पुगेका हुन् ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?