चर्चित मुटुरोग विशेषज्ञ ओम मूर्तिद्वारा निःशुल्क मुटु शिविर संचालन (फोटो कथा)

साझा कथा । सामाजिक सञ्जाल र बाहिर पनि उत्तिकै चर्चित मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले निःशुल्क मुटु शिविर चलाएका छन् । डा. ओम फाउन्डेसनको शुभारम्भसँगै फाउन्डेसनमार्फत ओम मूर्तिले आफू जन्मेको जिल्ला महोत्तरीको बलवा नगरपालिका धमौरामा मुटु रोग सम्वन्धी विशेष स्वास्थ्य शिविरको आयोजना गरेका हुन् । बलवा नगरपालिका वडा नं १० स्थित उनी आफैँले ५ कक्षा सम्म अध्ययन गरेको श्री जनता राष्ट्रिय माध्यमिक विद्यालयमा शिविर संचालन गरेका थिए ।

शिविरको समापनसँगै नगरकालिकाले डा. ओम मूर्तिलाई सम्मान पनि गरेको थियो । नगरपालिकाका ११ वडाबाट २०–२० जनाका दरले सिफारिस गर्न लगाएर २२० जना र छिमेकी वडाबाट समेत विरामीहरु शिविर आएका थिए । डा. ओम मूर्तिको टिमले चार सय भन्दा मुटुका विरामीहरुको निःशुल्क उपचार गरेका थिए । ३ दिनसम्म चलेको उक्त शिविरको दौरान विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

तस्बिरः नारदमणि वास्तोला

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?