साझा कथा । पुस ७ गतेको पूर्वसन्ध्यामा अभियन्ता दुर्गा प्रसाईँ र नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो तयारी तिव्र पारेका छन् । यहि बीचमा अहिले सामाजिक सञ्जालमा एक भिडीयो निकै चर्चामा छ । होटलमा सुतिरहेका महिलाहरुलाई एउटा समूहले रातारात लखेटेको दृश्यले सबैको ध्यान तानिरहेको छ । अधिकाँशले यो कृत्यको भर्त्सना गरिरहेका छन् । एमाले निकट युवा संघका कार्यकर्ताले सुत्न खोजेका महिलाहरुलाई लखेटेको भन्दै एमालेको विरोध भइरहेको छ । युवासंघले तत्काल यो आरोपको खण्डन गरेको थियो । तर घटनाक्रमले यो घटनाक्रममा एमाले निकट युवासंघकै नेता कार्यकर्ता संलग्न रहेको पुष्टि भएको छ ।
मंसीर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र एमाले निकट युवा संघले काठमाडौंमा गर्ने प्रदर्शन गर्ने भएसँगै प्रदर्शनमा सहभागि हुन आएकाहरुलाई लखेट्ने व्यक्ति अरु कोहि नभएर केहि समयअघि दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दल्नेहरु हुन् ।
उक्त भिडियोमा महिलाहरुलाई दुर्गा प्रसाईंको भेलाका लागि आएको भन्दै तथानाम बोलेर लेखेटिएको देखिन्छ । भिडियोमा एकजना एमाले कार्यकर्ताले ‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्यो भनेर’ भनेको सुनिन्छ । उक्त भिडियोमा उनले फेरि प्रश्न गरेका छन्, ‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हैन ?’
महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गरेको देखिए पनि उनीहरुको अनुनय सुनिएको छैन । भिडियोमा उनीहरुले एकरात मात्रै बस्न दिन आग्रह गरिरहेका छन् । तर एमाले कार्यकर्ताले दादागिरी शैलीमा उनीहरुलाई होटलबाट बाहिर निकालेरै छाडे । महिलाहरु इटहरीबाट उपत्यका आएको भिडियोबाट बुझ्न सकिन्छ ।
मध्यरातमा बास बसेको स्थानबाट महिलालाई लखेट्ने व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई रहेको पुष्टि भएको छ । राई सहितको समूहले मंगलबार राति सुतिरहेका महिलाहरुलाई अमानवीय व्यवहार गरेका थिए । महिलाहरुलाई लखेट्ने खोटाङ घर भएका विनोद राईले नै यसअघि दुर्गा प्रसाईंलाई कालोमोसो दलेका थिए । काठमाडौंका एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा राईले प्रसाईंमाथि कालोमोसो दलेका थिए।