साझा कथा । काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सकिने प्रविधि सञ्चालनमा ल्याइएको छ ।
सोमवारबाट जिल्ला अदालत अगाडिको मुख्य सडकमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको (क्रसिङ) राखिएको छ । ‘पेलिकन क्रसिङ’ भनिने ट्राफिक लाइट आजबाट सञ्चालनमा ल्याइएको छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार उक्त बटन थिचेपछि ५ सेकेन्डमा हरियो बत्ती बल्छ र तोकिएको ३० सेकेन्डभित्र पैदल यात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्छ । यो प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने समेत बताए । यो काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा १० लाख रुपैयाँ लागतमा राखिएको ट्राफिक लाइट हो ।
तपाईलाई केहि भन्नु छ ?