साझा कथा । तनहुँको भानु नगरपालिका वडा नं २ नारेश्वरटारमा संचालन भएको ३ दिने निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सहित आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ़ नारायणीको रजत महोत्सवको उपलक्ष्यमा मङ्सिर ८ गतेबाट सुरु भएको ३ दिने “निःशुल्क आँखा शिविर” सोमबार सम्पन्न भएको हो ।
भानु नगरपालिका– २ मा रहेको नारेश्वरटार आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ३ दिन सम्म संचालन भएको आँखा शिविरमा बरिष्ठ नेत्र बिशेषज्ञ डा.रन्जित कुमार शाहको संयोजकत्वमा १२ सय जनाले आँखा जचाएका थिए, जस मध्धे १ सय ५८ जनाले मोतियाविन्दुको अप्रेसन गरी लाभ उठाएका छन् ।
लायन्स क्लब अफ नारायणगढ़ नारायणी,नेपाल नेत्रज्योति संघ चितवन, नारायणगढ़ लायन्स क्लब, भानु नगरपालिका र वडा नं २ लयाएतको सहयोगमा ३ दिने निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सहित आँखा शिविर सुरु भएको थियो ।
तस्बिरः मनोज के श्रेष्ठ/ राजेश कार्की