यो कुरा प्रष्ट होस् साझा कथा डटकम व्यक्तिगत युट्युब च्यानल होइर्न न यो व्यक्तिगत भ्लग च्यानल हो । संस्था सानो ठुलो होला तर संस्थागत धरातलमा हामी कोही भन्दा कमजोर छैनौं ।
२०८० साल मंसिर ६ गते बुधबारका दिन भूषण दाहाल प्रस्तोता रहेको कार्यक्रम “दि ब्राबो डेल्टा सो” एपि वान टेलिभिजनले प्रसारणमा रोक लगायो । एपिवान टेलिभिजनले प्रसारणमा किन रोक लगायो यो उसैले जानुस् । ‘दि ब्राबो डेल्टा सो’ साझा कथा युट्युव च्यानलबाट नियमित रुपमा प्रसारण हुँदै आएको विषय भनिराख्नु नपर्ला । सोहि अनुसार हामीले नियमित कार्यक्रमकै रुपमा सो अंकलाई पनि हाम्रो डिजिटल प्ल्याटफर्म मार्फत प्रसारण गरेका हौं । तर यहि विषयलाई लिएर अन्नपुर्ण मिडिया ग्रुपले साझा कथा डटकममाथी गरेको टिप्पणीले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
एपि वानको आरोप छः प्रस्तोता भूषण दाहाल जिम्मेवार बनेनन् । जस्ले आफ्नो करियरको महत्वपुर्ण ३ दशक यसै क्षेत्रमा समर्पित गर्यो । जसले आम दर्शक माझ बौद्धिकता र निष्पक्षताको आफ्नो छविलाई वर्तमानसम्म कायम राख्यो । उस्माथी यस्तो अशोभनीय टिप्पणी । दलको एजेण्डा, झण्डा र झोला भिरेर हिड्ने पत्रकारहरुको कोटरी भन्दा बाहिर नाम लिनु पर्दा सायद भूषण दाहाल पहिलो, दोस्रो नम्बरमा आउने नाम हो र यसको छिनोफानो आम दर्शकले गर्नुनै हुनेछ ।
उहाँ माथि यस्ता शब्द लेख्दै गर्दा र बाचन गर्दै गर्दा पत्रकार साथीहरुको हात र ओंठ किन नकामेको होला । कुनै मानिसको प्रशंशा उस्को निष्पक्ष, निस्वार्थ र निरन्तरको योगदानका आधारमा गर्ने कि यौटा क्षणिक र संयोगवश भएको घटनाका आधारमा । भूषण दाहालसँगको अन्तरवार्ताका क्रममा अन्नपुर्ण मिडिया ग्रुपका अध्यक्ष ज्युले दाहालकै प्रशंशामा तेत्रो समय खर्चनु भएको त्यस ग्रुपका सहकर्मीहरुले भुल्नुभयो, कि हेर्नु भ्याउनु भएन ? कि देखेर पनि अन्देखा, सुनेर पनि अन्सुना जस्तो गर्नुभएको हो ?
थप कथा भिडियो मार्फतः