साझा कथा । टिकटकबाट नै चर्चाको सिखरमा पुगेकी प्रिन्सी खतिवडा ट्विन्स दिदी प्रिज्मा खतिवडा सँगै टिकटकमा धेरै नै हिट थिए, उनीहरु टिकटकमा मात्र होइन, म्युजिक भिडियोतिर पनि आफ्नो छुट्टै स्थान बनाइसकेका छन् ।
पछिल्लो समय टिकटक प्लाटफर्मबाट उदाएकी उनै मध्यकी एक प्रिन्सी खतिवडा हिन्दी गीतमा देखिएकी छिन् । प्रिन्सी बलिउडको चर्चित म्युजिक कम्पनी टी–सिरिजको ‘जान देंगे तुम्हे’ गीतमा देखिँएकी छिन् । उनले अभिनय गरेको ‘जान देंगे तुम्हे’ बोलको यो गीतलाई बिहीबार टी–सिरिजले आफ्नै युटुयुव च्यानलबाट सार्वजनिक गरेको छ ।
केरलाको मुनारमा छायाङ्कन भएको यो रोमान्टिक गीतमा प्रिन्सी र लक्ष्य कपुरले अभिनय गरेका छन् । ‘बादल बर्षा बिजुली’ गीतमा बनाएको टिकटक भिडियो नेपालसंगै भारतमा समेत निकै भाइरल बन्यो जस कारण ट्वीन्स सिस्टरको चर्चा भारतमा पनि भयो । सोही चर्चाकाबीच भारतको सबैभन्दा ठूलो म्युजिक कम्पनी टि-सिरिजसंग उनले काम गर्ने मौका पाईन् । उक्त गीतमा प्रिन्सीले लक्ष्य कपुरसंग स्क्रिन सेयर गरेकीछिन् । यसअघि पनि उनले ‘बारिसेू बोल’को हिन्दी पप गीतमा अभिनय गरिसकेकी छिन् ।