साझा कथा । फर्पिङमा रहेको हाइड्रोपावर जसको पुख्र्यौली नाम श्री चन्द्रज्योति विद्युत गृह हो । यो हाइड्रोपावर नेपालको सबैभन्दा पहिलो हाइड्रोपावर हो । जसलाई दक्षिण एसियाकै सबैभन्दा पुरानो हाइड्रोपावरको रुपमासमेत चिनिन्छ । विसं १९६८ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले स्थापना गरेको यो हाइड्रोपावर ५ सय किलोवाट क्षमताको थियो । तर, हिजोआज यो हाइड्रोपावर सञ्चालनमा भने छैन ।
स्थापना कालदेखि थुप्रै उतारचढाव भोगेको यो हाइड्रोपावरलाई विसं २०१० मा नेपाल विद्युत प्राधिकरणले आफ्नो मातहतमा लिएर फर्पिङ जलविद्युत केन्द्रको रुपमा नामाकरण गर्यो । पछि, नेपाल सरकारले यसलाई संग्रहालयको रुपमा घोषणा गरि आम सर्वसाधारणका लागि खुल्ला समेत गर्यो । ६० वर्षसम्म उज्यालो दिएको यस हाइड्रोपावरलाई राजधानीमा खानेपानीको अभाव भएको भन्दै २०३८ सालमा सरकारले फर्पिङको पानी राजधानी ल्याउन सुरु गर्यो । त्यसपछि भने उक्त हाइड्रोपावर सधैंका लागि बन्द हुन पुग्यो । सन्दर्भवशः साझा कथा टिम फर्पिङ हाइड्रोपावरमा पुग्दा जे देखियो – ‘फोटो कथा’को रुपमा प्रस्तुत गरेका छौं ।
कथा/तस्बिरः खम्म ठकुल्ला/प्रकाश गोपाली
(साझा कथा)
फर्पिङ हाइड्रोपावर प्रवेश गेट जुन स्थापनकालमा राखिएको चन्द्र ज्योति विद्युत गृह को नामले नै छ ।
फर्पिङ हाइड्रोपावर परियोजनाको भवन
फर्पिङ हाइड्रोपावर उत्पादन स्थल यो मेसिन अहिले पनि हप्ताको २ दिन केहि मिनेट चलाइदै आइएको छ ।
फर्पिङ हाइड्रोपावर उत्पादन स्थल यो मेसिन अहिले पनि हप्ताको २ दिन केहि मिनेट चलाइदै आइएको छ ।
फर्पिङ हाइड्रोपावर उत्पादन स्थलको पावर चेक गर्ने मेसिन
फर्पिङ हाइड्रोपावर उत्पादन स्थलको पुरानो मेसिन
फर्पिङ हाइड्रोपावर परियोजनाको रिजर्ब्भाएर (पानीको ड्याम)
फर्पिङ हाइड्रोपावर परियोजनाको रिजर्ब्भाएर (पानीको ड्याम)
ड्याम नजिक रहेको राणा कलिन समयको भवन संरक्षण नहुदा हाल जीर्ण अवस्थामा पुगेको छ ।
रिजर्ब्भाएर गरिएको पानी पाइप मार्फत परियोजनाको भवनमा लगिदै
आगलागी हुँदा आगो निभाउने पुरानो औजार (मेसीन)
फर्पिङ जलविद्युत गृहको स्थापनकाल देखि हालसम्मको सम्पुर्ण जानकारी पात्रो.