महिला क्रिकेट छनोटको उपाधि काठमाडौंलाई

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

साझा कथा । प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौंले हात पारेको छ ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको लालितपुर र काठमाडौंबीचको फाइनल खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौं क्रिकेट संघले उपाधि हात पारेको हो ।

सुरुआती ब्याटिङ गरेको ललितपुरले नौ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको काठमाडौँले १६ दशमल एक ओभरमा ६ विकेटमा लक्ष्य पूरा गरेर उपाधि हात पार्‍यो ।

प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब नियमित खेल गतिविधि हुने बताइन् । उनले नियमित खेल गर्न संघ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने जानकारी दिइन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?