साझा कथा । मंगलबार बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवाले भने बैठकले आगामी जेठ ३ देखि ७ गते सम्म पार्टीको महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेका छ र माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ,” बैठकपछि पार्टी प्रवक्ता खतिवाले बताए ।
बैठकले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका लेख्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति समेत गठन गरेको छ । राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको नेतृत्वमा समिति बनाइएको छ । त्यसै गरी बैठकले मंसिर २८ र २९ गते पुनः सचिवालय बैठक पनि बोलाएको छ । त्यसैगरी पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक निर्णय भएको पनि प्रवक्ता खतिवडाले बताए ।