Ad Banner

रुसी सेनामा नेपाली युवा पठाउने सक्रिय गिरोह को हुन् ?

साझा कथा । पछिल्लो समयमा नेपाली युवाहरु भिजिट भिसामा यूएई हुँदै रूस पुगि त्यँहा उनीहरू रुसी सेनामा कार्यरत हुदै आइरहेका छन् । तिनिहरुलाइ रुससम्म पुगाउनका लागि कस्ले सहयोग गरिरहेको थिए यस बिषयमा अनुसन्धान भइरहेको थियो ।

यसै बिच रुसी सेनामा नेपाली युवा पठाउने सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

उनीहरू रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा सङ्लग्न पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए ।

उनीहरूमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हालै रुसी सेनामा कार्यरत रहेका ६ जना नेपाली नागरिकहरूको निधन भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएको थियो । मङ्सिर १८ मा सरकारले विज्ञप्तिमार्फत् मृत्यु हुने ती नेपालीहरूको नाम सार्वजनिक गरेको थियो । मृत्यु हुनेहरुमा सन्दीप थपलिया (गोरखा), रूपक कार्की (कपिलवस्तु), देवान राई (कास्की), पितम कार्की (स्याङ्जा), राजकुमार रोका (दोलखा) र गङ्गाराज मोक्तान (इलाम) रहेका छन् ।

र अन्य रुसी सेनामा कार्यरत नेपालीहरु युक्रेनको कब्जामा बन्धक रहेका छन् ।

यो पढ्नु भयो ?