साझा कथा । सरकारले एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आज (बिहीवार) बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनकाअनुसार सरकारले समितिको सस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यवधि दिइएको पनि मन्त्री शर्माले बताइन् ।
यता एनसेलले शेयर किनेको कम्पनी प्रतिस्पर्धाबाट छानिएको दाबी गरेको छ । उसले ८० प्रतिशत शेयर किनेको स्पेक्ट्रलाइट यूके लिमिटेड प्रतिस्पर्धाबाट छानिएको बताएको हो । कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा कानूनको पालना गर्ने पनि एनसेलले जनाएको छ ।