साझा कथा । एसीसी यू–१९ एसिया कप नेपालले आज अफ्गानिस्तानको सामना गर्दैछ ।
एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले अफ्गानिस्तानविरुद्ध पहिले फिल्डिङ गरेको छ । यूएईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो ।
समाचार तयार पार्दासम्म १० ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा आफ्गानिस्तानले ४४ रन बनाएको छ । नेपालका लागि हेमन्त धामीले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिएका छन् । खेल नेपालले अफ्गानिस्तानलाई दबाबमा राखेको छ ।
नेपाललाई सेमिफाइनलको यात्रा जीवित राख्न अफ्गानिस्तानलाई हराउनै पर्ने बाध्यता छ । यता, अघिल्लो खेल हारेको अफ्गानिस्तानलाई पनि अगाडि बढ्न नेपाललाई रोक्नु पर्ने चुनौती छ ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग ७ विकेटले नै पराजित भएको थियो ।
आजको खेलमा विजयी हुने टोलीले सेमिफाइनलमा पुग्ने आशा जीवित राख्नेछ भने पराजित हुने टोली समूहगत चरणबाटै बाहिरिने छ ।