अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

साझा कथा । यू १९ एसिया कपको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको हो ।

अफगानिस्तानका लागि जमशिद  जद्रानले सर्बाधिक १०६ रन बनाएका थिए । त्यस्तै नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामी,गुलशन झा र सुबाश भण्डारीले २/२ विकेट लिएका थिए भने आकाश चन्द र दिपेश कँडेलले एक एक विकेट लिएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?