Ad Banner

एसीसी यू-१९ः सेमिफाइनल पुग्ने नेपालको आशा अझै जीवित

साझा कथा । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा सुरुवाती दुई खेलमा नेपाल पाकिस्तान र अफगानिस्तानसँग पराजित भएको छ । पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । दुबै खेलमा नेपालको तर्फबाट अपेक्षा अनुसारको ब्याटिङ चलेन जसकारण नेपालले दुबैखेलमा हार व्यहोर्नुपर्यो।

सुरुवाती दुई हारले नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । तर नेपाल प्रतियोगितामा सेमिफाइनल दौडबाट बाहिरिएको भने छैन । नेपाल २ अंकका साथ सेमिफाइनल खेल्ने समिकरण बाँकी नै छ ।

पाकिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । भारत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।

नेपाल सेमिफाइनल खेल्ने सम्भावना नेटरनरेट हो । पाकिस्तानलाई नेपालले पछि पार्न सक्दैन । त्यसैले नेपाल अव भारत र अफगानिस्तानलाई पछि पार्दै सेमिफाइनलमा पुग्ने समिकरण जीवितै छ । त्यसको लागि सबैभन्दा पहिला नेपालले मंगलबार भारतमाथि विशाल जित हात पार्नुपर्छ । विशाल जित हात पार्दा कम्तिमा भारतलाई नेटरनरेटमा पछि पार्नुपर्ने हुन्छ ।

नेपालको नेटरनरेट -२.०२४, भारतको ०.४५४ र अफगानिस्तान ०.२०३ छ । अर्कोतर्फ मंगलबार हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराउनुपर्छ । पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्छ । जसले गर्दा नेपाल, भारत र अफगानिस्तानको अंक २–२ हुनेछ ।

समान अंक हुँदा नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनलमा पुग्न सक्छ । भारतमाथिको फराकिलो जित सेमिफाइनल खेल्न पर्याप्त हुनसक्छ । आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई हराएको कारण नेपाललाई पनि फाइदा भएको हो ।

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले दुई दुई खेल खेलिसकेका छन् ।  तेस्रो खेलमा नेपालले मंगलबार भारतको सामना गर्दैछ ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ ।

यो पढ्नु भयो ?