साझा कथा । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक आज २.६० अंकले बढेर १९८८.०४ को विन्दुमा उक्लिएको हो।
बुधबार नेप्से उपसमूहमा रहेका ९ वटा समूह उकालो लाग्यो भने ४ वटा ओरालो लागेका छन्।
सामान्य बढेको बजारमा आज १३४ कम्पीको शेयरभाउ उकालो लागेको छ भने १०० वटाको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृत २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७०.२७ रुपैयाँमा किनबेच भएका छन् ।
यसक्रममा आज १३४ कम्पनीको सेयर मूल्य बढ्दा १०० कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ७ कम्पनीको मूल्य स्थिर कायम भएको छ । आज ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा १ करोड २० लाख कित्ता सेयर किनबेच भएको छ ।