पद्यकन्या क्याम्पसमा ‘विन्टर कार्निभल’ हुँदै

साझा कथा । पद्यकन्या क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले ‘विन्टर कार्निभल २०२३’ को आयोजना गरेका छन् ।

व्यवस्थापन संकाय अन्तर्गत बीबीए सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो व्यक्तित्व विकास गर्ने मुख्य उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरेका हुन् । उनीहरुले मंसिर ३० गते क्याम्पसकै प्राङ्गणमा सो कार्यक्रम गर्दैछन् ।
“यो जाडोमा नयाँ केहि गरौँ, न्यानोपन र साथले सबको झोला भरौँ” भन्ने नाराका साथ पद्यकन्या कजेलमा भइरहेको ‘विन्टर कार्नीभल २०२३’ नामक यो पहिलो प्रोग्रामिङ हो । यस कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिका साथ स्वादिष्ट खानाका परिकार, नृत्य, विभिन्न खेलकुद, आर्टलगायतका प्रदर्शनी रहेका छन् ।

कार्यक्रम हेर्नका लागि पद्यकन्या कलेजमा अध्ययनरत विद्यार्थीलाई १ सय ५० र अन्यलाई २ सय रुपैयाँ कायम गरिएको छ । कार्यक्रम मध्यान्न १२ बजेदेखि साँझ ६ बजे सम्म चल्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?