साझा कथा । अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको इतिहासका सबैभन्दा महँगा खेलाडी बनेका छन्।
३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो । प्रारम्भिक मुल्य २ करोड तोकिएका उनका लागि सुरुमा दिल्ली क्यापिटल्सले बोली लगाएको थियो । त्यसपछि मुम्बई इण्डियन्सले बोली लगाएका थिए । त्यसपछि मुम्बई इण्डियन्सले ८ करोडको बोली लगायो । त्यसपछि प्रतिस्पर्धामा आएको कोलकता नाइट राइडर्सले ८ करोड ८० लाखको बोली लगाएको थियो । मिचेल लिने प्रतिस्पर्धामा गुजरात टाइटन्स प्रवेश गरेपछि उनको मुल्य १० करोड पुगेको थियो । त्यसपछि गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सबीच होड चल्यो र गुजरात उनका लागि २४ करोेडसम्म तिर्न तयार भएको थियो तर अन्तमा कोलकताले २४ करोड ७५ लाखमा बाजी मार्यो । मिचेल आईपीएलमा ८ वर्षअघि पुन फर्किएका हुन् ।
यसअघि अष्ट्रेलियन कप्तान प्याट कमिन्स साढे २० करोड भारुमा बिकेका थिए । कमिन्सलाई सनराइजर्स हैदरावादले किनेको थियो ।