Ad Banner

२८ दिनभित्र रोकिएको मेलम्चीको पानी काठमाडौं ल्याउने सपना साकार बन्ला ?

साझा कथा । गत असार ८ गते देखि मेलम्चीको पानि उपत्यकामा आउन छोडेको थियो, जसकारण यहाँका बासीन्दा केहि महिना देखि मेलम्चीको पानी पाउनबाट बन्चित भएका छन् । यसै बिच बाढी पहिरोले क्षतिग्रस्त भएको मेलम्चीको पानी २८ दिनमा काठमाडौँमा ल्याउने समझदारी भएको छ । मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाईडाङबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले दुई सिफ्टमा काम गरेर मेलम्चीको पानी २८ दिनभित्रै ल्याउने तयारीसहित काम गरिने बताए । मेलम्चीको खानेपानी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजिकरण र समन्वय गर्ने निर्णय भएको छ । सो बैठकले निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ ।

अबको २८ दिनभित्र काठमाडौं उपत्यकामा पानी वितरण गर्ने गरी भएको सो समझदारीसँगै करिब आठ महिनादेखि बन्द रहेको मेलम्चीको पानी वितरणको बाटो खुलेको छ ।

निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी गरी तत्काल साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समझदारीअनुसार अनुसार कुनै विशेष परिस्थितिको सिर्जना नभएमा बढीमा २८ दिनभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न गरी मेलम्चीको पानी सुरुङमा पथान्तरण गरिने छ ।

गत असार ८ गतेदेखि बर्षायामको जोखिमलाई मध्यनजर गरी सुरुङमार्फत मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो । गत साउन २८ र २९ गते मेलम्ची नदीमा आएको बाढीले हेडवर्क्समा क्षति पुराएको थियो ।

यो पढ्नु भयो ?