Ad Banner

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज होला त अन्तिम फैसला ?

साझा कथा । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौै जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको फैसला गर्न आजका लागि पेसी तोकिएको छ । आज अन्तिम सुनुवाइ भए सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय भन्ने टुंगो लाग्नेछ ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगको मुद्धाको सुनुवाइ आज न्यायाधीश ढकालको इजलासमा हुन लागेको हो ।

यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए मुद्दाको किनारा लाग्न सकेको छैन ।

२०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो ।

सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ । पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।

यो पढ्नु भयो ?