साझा कथा । आफुले फलाएको कुनै पनि बस्तुको बजारभाउ राम्रो पाउनु किसानका कृषकका लागि एक सबल र प्ररणदायी फक्ष पनि हो । किसानले फलाएको बस्तुले बजारमा ठाउँ पाउनु भनेकै कृषक कृषीप्रती आत्मनिर्भर हुनु पनि हो । यसैबिच रूकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोड रुपैयाँभन्दा बढीको अदुवा बिक्री भएको छ । गापालिकाभर २ हजार ६ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख रुपैयाँ आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए । गाउँपालिकाभित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुरी रहेका र पाँच हजार २ सय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए । गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुरी रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।
एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए । प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई चार हजारका दरले बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ ।