Ad Banner

बालकुमारी घटनाः पक्राउ परेका ७३ जना छुटे

साझा कथा । शुक्रबार बालकुमारी घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई छाडेको छ ।

भौतिक योजना तथा यातामन्त्रीको गाडी तोडफोड भएको आरोपमा शुक्रबार प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई सामान्य सोधपुछबाट छाडेको हो । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा उत्पादनमुल क्षेत्रमा आवेदन दिन पाउनुपर्छ भन्दै प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापा जानकारी दिए । ‘मुद्दा चलाइएको छैन, सामान्य सोधपुछपछि छाडिको छ, उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी थापाले भने ।

पानीजहाजसम्बन्धी कामका लागि गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट वञ्चित गराइएपछि उक्त परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडिमा आजगनी गरेका थिए ।

प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा शुक्रबार दैलेखको महाबु-६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी-१ का वीरेन्द्र शाहको ज्यान गएको थियो ।

 

यो पढ्नु भयो ?