साझा कथा । पुरानो वर्षलाई विदाई गर्दै नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले देशभर तमु ल्होसार मनाए ।
सोही अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा एक विशेष कार्यक्रमको आयोजना गर्यो । जहाँ काठमाडौं उपत्यका र उपत्यका बाहिर बसोबास गर्ने तमु (गुरुङ) समुदायका व्यक्तिहरू आफ्नो भेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित भएका थिए । कार्यक्रममा खाना महोत्सवको छुट्टै आकर्षण थियो । सोही कार्यक्रममा देखिएका रोचक दृष्यहरुलाई साझा कथाले फोटो कथाको रुपमा प्रस्तुत गरेको छ ।
फोटो कथाः रिपोर्टर खम्म ठकुल्ला र क्यामेरा पर्सन प्रवेश गिरी ।