रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

साझा कथा । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो पटक मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल (राहदानी नं. १२२९९८९१), कैलालीका भरबहादुर शाह (राहदानी नं. ११०२७१७५) र धादिङका राजकुमार गिरी (राहदानी नं. ०७५७३७३८) को मृत्यु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जाकारी दिएका छन् ।

यसअघि गोरखाका सन्दीप थपलिया, कपिलवस्तु, वाणगंगा-१ का रूपक कार्की, कास्कीको पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार-५ का पितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोका, इलामको इलाम-५ का गंगाराज मोक्तान र कञ्चनपुरका कुन्दन सिंह नागालको मृत्यु भएको थियो ।

त्यस्तै, रूसी सेनामा भर्ती भएका चार जना नेपाली युक्रेनी सेनाको बन्दीमा परेका छन् । बर्दियाको राजपुर-१ का विवेक खत्री, काभ्रेपलान्चोकको मण्डनदेउपुर-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई र रोल्पाको रुन्टिगढी-८ का प्रतीक पुन युक्रेनमा बन्दी अवस्थामा छन् । युद्धका क्रममा उनीहरूलाई सेनाले नियन्त्रणमा लिएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?