साझा कथा । राष्ट्रिय सभा निर्वाचनबारे प्रमुख प्रतिपक्षी नेकपा एमाले र गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपासहितको बैठक बस्न लागेको छ।
बालुवाटारमा बसेको बैँठकमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको छलफलमा दिउँसो ३ बजे गठबन्धन बैठक गरेर साँझ ५ बजे एमालेसहितको बैठक बोलाउने सहमति भएको छ । मंगलबार र बुधवार बिहान बसेको कांग्रेस र माओवादी केन्द्रको बैठकमा आगामी माघ ११ मा निर्वाचन हुने राष्ट्रियसभा निर्वाचनमामा १९ सिटमध्ये एमालेलाई तीन–चार सिट दिएर जाने विषयमा छलफल भएको थियो एक नेताले बताए ।
बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी भएका थियो भने नेकपा माओवादी केन्द्रको तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरुको सहभागी थियो ।