Ad Banner

इन्डेक्स सहकारीको चौधौं वार्षिक साधारणसभा, एस्वीकर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

साझा कथा । इन्डेक्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार वनस्थलीस्थित राजधानी व्याङ्क्वेटमा आयोजित अधिवेशनले एस्वीकर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा नन्दलाल श्रेष्ठ, सचिवमा गोकर्णप्रसाद अंगाईं र कोषाध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा एन्जिला श्रेष्ठ, बुद्धिप्रसाद श्रेष्ठ र राजेश्वर श्रेष्ठ रहेका छन् ।

सोही अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा सनतकुमार श्रेष्ठलाई चयन गरेको छ भने सदस्यहरुमा प्रकाशकुमार श्रेष्ठ र प्रताप नारायण श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै, दुई उपसमिति मध्ये ऋण उपसमितिको संयोजकमा गोकर्णप्रसाद अंगाईं रहेका छन् भने सदस्यहरुमा रामकुमार श्रेष्ठ र दिपेन्द्रकुमार श्रेष्ठ रहेका छन् । शिक्षा उपसमितिको संयोजकमा भने राजेश्वर श्रेष्ठ र सदस्यमा इन्दिरा शर्मा पौडेल तथा बासुदेव अधिकारी चयन भएका छन् ।

साधारणसभामा अध्यक्ष डा. शंकरकुमार श्रेष्ठले संचालक समितिको तर्फबाट प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष एस्वीकर श्रेष्ठले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक सनतकुमार श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गरेका थिए । त्यस्तै, व्यवस्थापक मनोजकुमार श्रेष्ठले भने आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गरेका थिए । सबै प्रतिवेदन तथा कार्यक्रमहरु सर्वसम्मतले स्वीकृत भयो । सहकारीमा हाल ५ सय ५४ जना शेयर सदस्य रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष एस्वीकर श्रेष्ठले हालसम्म सहकारीले कमाएको विश्वासलाई अझ बलियो बनाउँदै बचतकर्ताहरुको रकम फिर्ता मागेकै समयमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मन्तव्यको क्रममा उनले निक्षेप संकलन वृद्धि गरि लगानीका क्षेत्रलाई विस्तार गर्ने, सबै उपसमितिहरुलाई सकृय गराई वार्षिक कार्यक्रमहरु वृद्धि गर्ने तथा नाफाभन्दा पनि सामाजिक काममा सञ्चालक तथा शेयर सदस्यहरुलाई कृयाशील गराउने बताए ।

यो पढ्नु भयो ?