Ad Banner

मध्यरातमा ब्रा र कट्टुमा अर्धठोस सुनः महिला विमानस्थलबाट पक्राउ

साझा कथा । नेपाललाई सुन र लागूऔषध तस्कर गर्नेहरुले ट्रान्जिट प्वाइन्टको रुपमा व्याख्या गर्छन् । लगातार जसो विमानस्थलबाट लागूऔषध वा सुन बरामद भइरहेको घटनाले पनि यसलाई पुष्टि गर्छ ।

पछिल्लो समय काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करहरु समातिने क्रम झनै बढेको छ । यसलाई दुई फरक दृष्टिबाट हेर्न सकिन्छ । कि अहिलेको अवस्थामा सुन तस्कर गर्ने क्रम व्यापक रुपमा बढ्यो, कि अहिले सरकारको सकृयताले सुन तस्कर गर्नेहरु धमाधम समातिन थाले ।

हामीले उठाउन खोजेको विषय चाहिँ सुन तस्कर गर्ने स्वरुप र परिपाटीको । ‘ब्रेक सु’को रुप धारण गराएर ६० किलो सुन ल्याएको र विमानस्थलबाट पक्राउ गरेको विषय त सर्वत्र चर्चामा आए नै । सरकारले यही काण्डलाई सुन तस्करी काण्डको रुपमा स्थापित गरायो र सुन तस्कर समातिनुलाई आफ्नो सफलताको रुपमा व्याख्या गर्यो । यसपछि पनि थुप्रै पटक सुन तस्करहरु समातिन थालेका छन् । सुन तस्कर समातिएको पछिल्लो घटना चाहिँ ब्रा र कट्टुमा लुकाएर ल्याएको एक किलो तीन सय ग्राम सुन ।

कुरा गत शनिवार मध्यरातको हो । फ्लाई दुबईको उडान नम्बर एफ्जेड ५७३ बाट एक श्रीलङ्कन महिला मध्यरातको १२ बजेर ५ मिनेट जाँदा काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइन् । उनले आफूले लगाएको ब्रामा अर्धठोस अवस्थाको ५ सय ग्राम सुन लुकाएकी थिइन् । जसमा ब्राको दुबै तर्फ दुई ओटा पोका बनाएर २५०/२५० ग्राम सुन राखिएको थियो । अर्धठोस बनाउनुको आसय उनले सुनलाई आफ्नो शरीर अनुकूल हुने गरि बनाएकी थिइन् ।

४५ वर्षीय श्रीलङ्कन महिलाको नाम चाहिँ कान्ति माथी कावास्कर हो । बाँकी रहेको ८ सय ग्राम सुन चाहिँ उनले आफूले लगाएको भित्री बस्त्र (कट्टु)मा लुकाएकी थिइन् । कट्टुमा लुकाएर ल्याएको सुन पनि उनले आफ्नो शरीर अनुकूल अर्धठोस नै बनाएकी थिइन् । उनले ब्रामा लुकाएको सुनलाई प्लास्टिकले बेरेकी थिइन् भने कट्टुमा लुकाएको सुन स्प्रे गरेर ल्याएकी थिइन् ।

अवैध सुन लिएर विमानस्थल ओर्लिएकी ती श्रीलङ्कन महिला पास हुने प्रयासमा थिइन् । तर, विमानस्थलमा रहेका सुरक्षाकर्मीले चेकजाँचको क्रममा सो अवैध सुन फेला पारेको विमानस्थलका डीआईजी अर्जुन चन्दले बताए । पक्राउ परेकी महिला माथि थप अनुसन्धान हुँदैछ ।

यो पढ्नु भयो ?