साझा कथा । आइसीसी यू–१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले वाम–अप खेलमा स्कटल्यान्डमाथि शानदार जित निकालेको छ । गुलशन झाले शतक बनाएको खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ रनले हरायो । जितका लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ ओभर २ बलमा एक सय ४९ रनमा अलआउट भयो ।
बलिङतर्फ नेपालले तिलकराज भण्डारी ३ र आकाश चन्दले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थिए । नेपालका लागि गुल्सन झाले १ सय १४ रनको शतकीय इनिङ खेले । दिपक बोहराले नटआउट ५८ रनको योगदान दिए । विश्वकप अघि नेपालले स्कटल्यान्डसँग अनौपचारिक वार्म अफ खेल खेलेको हो । नेपालले जनवरी १३ मा स्कटल्यान्डसँग र जनवरी १६ मा वेष्ट इन्डिजसंग वार्म अफ खेल खेल्नेछ ।
तपाईलाई केहि भन्नु छ ?