२६औं भूकम्प सुरक्षा दिवस चन्द्रागिरीमा मनाउने

साझा कथा । हरेक वर्ष फरकफरक ठाउँमा मनाउँदै आएको भूकम्प सुरक्षा दिवस यस वर्ष चन्द्रागिरी नगरपालिकामा मनाउने भएको छ ।

बिहीबार २६ औं भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले माघ २ गते २६ औं भूकम्प सुरक्षा दिवस मनाउन लागेको र त्यसका लागि स्थान चन्द्रागिरी नगरपालिकास्थित फुटबल ग्राउन्ड तोकिएको जानकारी गरायो ।

‘स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नारासहित यसवर्ष भूकम्प सुरक्षा दिवस मनाउन लागेको हो । विगतका वर्षमा जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाउन लागिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताए । उनले चन्द्रागिरीमा हुने कार्यक्रममा भूकम्पसम्बन्धि कृतिम घटना अभ्यास तथा वृहत प्रदर्शनीको समेत आयोजना गरिने जानकारी गराए ।

यस वर्षको कार्यक्रमलाई सफल पार्न चन्द्रगिरी नगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । दुबै उपसमितिको सदस्य सचिवको भूमिका भने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)ले निर्वाह गर्नेछ । चन्द्रागिरीमा हुने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत उपस्थित हुने कार्यक्रममा जानकारी गराइयो ।

बाकि भिडियो मार्फत LINK:  https://fb.watch/pvAJoE_G32/

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?