Ad Banner

माघे संक्रान्तिको तरुल (फोटो कथा)

साझा कथा । माघ १ अर्थात् माघे संक्रान्ति, माघे संक्रान्तिका लागि काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजारमा तरुल र सखरखण्ड किन्नेहरुको भीड छ । यतिबेला तरुल र सखरखण्ड किन्नेहरुको भीड पसलहरुमा लाग्न थालेका हुन् । काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको छ । विशेषगरी माघे संक्रान्तिमा तरूल खाने गरिन्छ । यही कारण तरुल किन्नेको भीड बजारमा बढेको हो । काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाही, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लामा उत्पादन भएका तरुल भित्रिने गर्दछ ।

किसानले धेरै थरीका तरुल खेती गर्दछन् । कालीमाटीमा यतिबेला घरतरुल, वनतरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पाताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुललगायत बिक्री वितरण भइराखेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज तरुल ६० देखि ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

तस्बिरः  नेपाल लाइभ

 

 

 

 

 

 

 

 

 

 

 

 

यो पढ्नु भयो ?