विश्व क्रिकेटमा लम्कदै र चम्कदै नेपाल (भिडियो)

Featured Video Play Icon

साझा कथा । अन्डर १९ नेपाली क्रिकेट टिमका कप्तान देव खनालले साहशका साथ भनेका छन् – विश्वकप जितेर हामी नेपाली क्रिकेट फनलाई खुशी दिन चाहन्छौं ।

उनले नेपालमा क्रिकेटको फ्यान फलोअर्स धेरै रहेको भन्दै आफूहरुले यस पटक जित्नकै लागि खेल्नेसमेत बताए । यो भनाइ सार्वजनिक भएसँगै नेपालले अन्डर १९ वल्र्डकप सुरु हुनु अघि तीन अभ्यास खेल खेल्यो । जसमा तीनै खेलको नतिजा सुखद् निकाल्यो ।

नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ‘डकवर्थ एन्ड लेविस’ डिएलएस मेथोडका आधारमा सात विकेटले हराएको थियो । दोस्रो खेल नामिबियासँग खेल्यो – नामेबियालाई पनि ६ रनले हरायो । तेस्रो खेल वेस्ट इन्डिजविरुद्ध खेलेको थियो, जहाँ राम्रो सुरुवात गर्दागर्दै वर्षाका कारण खेल प्रभावित बन्यो र नजिता अनिर्णित हुन पुग्यो ।

विश्वकप क्रिकेट जित्ने साहसका साथ दक्षिण अफ्रिका पुगेको नेपालको यो अभ्यास खेलको नतिजाले साँच्चै नै वल्र्डकपमा राम्रो नतिजा निकाल्ने संकेत दिएको छ ।

यसैबीच, आजबाट आईसीसी यू-१९ क्रिकेट विश्वकपको सुरुवात भएको छ । यू-१९ विश्वकपको १५ औं संस्करणको पहिलो खेल भने समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच हुँदैछ । नेपालले भने पहिलो खेल माघ ७ अर्थात आउने आइतबार न्यूजिल्याण्डसँग खेल्नेछ । १६ टिमलाई चार समूहमा विभाजन गरिएको यू-१९ विश्वकपमा नेपाल डी समूहमा रहँदै समूह चरणको खेल न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ । माघ १० गते पाकिस्तानसँग खेल्नेछ भने माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा नेपाली टोली दक्षिण अफ्रिका पठाएको छ । जसमा गुल्सन झासहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । त्यस्तै, उत्तम थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा समावेश छन् ।

यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । सन् १९८८ बाट सुरु भएको यस प्रतियोगितामा नेपालको यो आठौँ सहभागिता हो । सन् १९९६ पछि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपाली क्रिकेटको युवा टोलीले सन् २००० मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यसयता, सन् २००२, २००४, २००६, २००८ र २०१२ को विश्वकपमा छनोट भएको नेपाल अर्को पटक विश्वकपमा पुग्न सन् २०१६ लाई पर्खनुपरेको थियो । यस पटक सिनियर टिमको अनुभव भएका देव खनालको कप्तानीमा सिनियर टिमका लागि २४ एकदिवसीय खेल खेलिसकेका गुल्सन झासमेत रहेको यो टिमले साँच्चैनै नेपाल र नेपाली क्रिकेट फ्यानहरुलाई सुखद् खबर दिनेछ भन्ने विश्वास गरिएको छ ।

https://youtu.be/MsQOhin6Azw

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?