नेपालीका लागि प्रेरणाको स्रोत बनेको राम मन्दिर

साझा कथा । राम मन्दिरले विश्वका सनातनीहरूको मनलाई एकपटक अयोध्यामा केन्द्रित गराएको छ भने नेपालीका लागि प्रेरणाको स्रोत पनि बनेको छ । यसले अझ नेपाल भारत बीचको सम्बन्धलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक र कूटनीतिक आयामसँग बढी केन्द्रित गराएको छ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले साझा कथासँग कुराकानी गर्दै भने अयोध्याका राजा भगवान श्रीरामको जन्मभूमि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिर नेपालीसँगै सम्पूर्ण विश्वका हिन्दुहरुको लागि प्रेरणाको स्रोत बन्ने बताएका हुन् । विगतका केही वर्षयता विश्वभरबाट सनातन संस्कृति र धर्मको लोप हुँदै गएको अवस्थामा २२ जनवरीमा अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रमले हाम्रो संस्कृति, सम्पदाको बारेमा सारा विश्वलाई अझ बढी थप परिचित गराउने सन्देश पुनः जगाउने भएको छ । नेता महरले भने यो हाम्रो विश्वासको केन्द्र हो र यसले हामीलाई हाम्रो गौरव र हाम्रो पहिचान बनाउनेछ । उनले थपे, रामको आदर्श र उपदेशलाई सबैले ग्रहण गर्नुपर्छ।

नेपाल र भारत बिचको सम्बन्ध त्रेतायुगबाट हुदै आजको समयसम्ममा सास्कृतिक हिसाबले प्रगाढ रहदै आएको छ । भनिन्छ नी सम्बन्धको इतिहास जति पुरानो हुन्छ सम्बन्ध त्यति नै गाढा हुन्छ जुन नेपाल भारतबिचको सम्बन्ध कायम रहदै आएको छ ।

“भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्मकता, विवेक करूणा, शान्ति, प्रेम, समानता र पुरुषार्थका प्रतिमूर्ति हुन । भगवान रामलाई सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिले विश्व पुरुषको रूपमा इतिहासदेखि वर्तमानसम्म सबैले स्वीकार गर्दै आइरहेका छन् । सम्पूर्ण विश्वमा सुविचार, स्वस्थ आचरण, नैतिकता, आत्मबोध, अध्यात्मबोध, सत्य मार्गमा हिँड्ने प्रेरणा, विश्व परिवार भावना, करूणा, दया, समभाव, विश्व बन्धुत्व र सद्गुण प्रवृत्तिको विचार प्रवाह गर्ने सनातन हिन्दु जीवन दर्शनका प्रतिक हुन भगवान् श्रीराम महरले बताए ।

नेपाल र भारत बिचको सम्बन्ध त्रेतायुगबाट हुदै आजको समयसम्मा सास्कृतिक हिसाबले प्रगाढ रहदै आएको छ । भनिन्छ नी सम्बन्धको इतिहास जति पुरानो हुन्छ सम्बन्ध त्यति नै गाढा हुन्छ जुन नेपाल भारतबिचको सम्बन्ध कायम रहदै आएको छ । त्रेतायुगदेखिकै हो भारतको अयोध्या र नेपालको जनकपुरधामबीचको सम्बन्ध आजका दिनसम्ममा आइपुग्दा त्रेतायुगदेखिको यो सम्बन्धले  धर्म, संस्कृति र संस्कारसँगै जीवनशैलीकै रूप लिइसकेको छ र नेपाल भारतबिचको सम्बध पनि रोटीबेटीकोको प्रचलनमा हुदै आइरहेको छ महरले बताए ।”

भारत अयोध्याका राजा दशरथका छोरा राम र नेपाल जनकपुरका राजा जनककी छोरी जानकी (सीता) बीचको विवाहले स्थापित गरेको सम्बन्धको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र कूटनीतिक आयामहरू हालसम्ममा धार्मिक आयामसँग केन्द्रित रहदै आएको छ । त्रेतायुगमा भगवान् राम र माता सीताबीचको विवाहबाट सुरू भएको नेपाल भारत सम्बन्धले कयौं युग पार गरिसक्यो ।

राम जन्मभूमि अयोध्यामा विश्वभरका सनातनी वैदिक धर्मावम्लवीहरूको आध्यात्मिक केन्द्र दिव्य र भव्य राम मन्दिर निर्माण भएको थियो । जसलाई १६ औँ शताब्दीमा मुगलहरूले कब्जा गरी बाबरी मस्जिदको रूपमा परिणत गरेका थिए । आफ्नो दिव्य भूमिलाई पाउन हिन्दूहरूले ५ सय वर्ष सम्म अनवरत संघर्ष गरे । लाखौं हिन्दूले बलिदान दिए । यसै विषयलाई लिएर हिन्दू लगायतका ओमकार परिवारका सदस्यहरूबाट धेरै संघर्ष भए । विधर्मी आततायिहरूको धेरै दुःख सहनु पर्‍यो । सन् १९८० पश्चात् विश्व हिन्दू परिषद्को नेतृत्वमा उक्त स्थानमा राम मन्दिर निर्माण गर्ने अभियान चल्यो र उक्त अभियान सन् २०१९ को सुप्रिम कोर्टको आदेशसँगै पूर्णतातिर पुग्यो । यस लगत्तै सन् २०२० को ५ फेब्रुअरीमा मोदी सरकारको नेतृत्वमा राम मन्दिर निर्माणको घोषणा गरियो ।

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्रका रूपमा अयोध्यास्थित राम मन्दिर थियो त्यसलाई विधर्मीहरूले भत्काए, अनेक षडयन्त्र गरे पनि ५ सय वर्षपछि त्यो गौरवपूर्ण धरोहर फेरि भव्य भएर पुर्ननिर्मित भएको छ । यसले विश्वमा हिन्दू जागरणको प्रेरणा दिनेछ । ५ अगस्ट, २०२० मा भूमि पूजन गरी प्रारम्भ भएको विशाल मन्दिर यहि जनवरी २२ मा प्राणप्रतिष्ठा गरी समुद्घाटन हुने विश्वका हिन्दूहरूको आस्था र श्रद्धाको केन्द्र राम मन्दिरले विश्वका सनातनी हिन्दूहरूको मनलाई एकपटक अयोध्यामा केन्द्रित गराउने छ । विभिन्न कालखण्डमा भएका आक्रमणहरूले सनातन हिन्दूहरूमाथि पुर्‍याएको घाउलाई पुर्दै पुनः सत्यको जीतको प्रमाण र प्रतीक बनेर राम मन्दिर रहनेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?