Ad Banner

आयोडिनयुक्त नुनको फाइदा र महत्व बुझेपछि…

साझा कथा । ‘नुन खाऔं तर, सही मात्रामा आयोडिन भएको दुई बालबालिका चिन्ह भएको प्याकेटको नुन मात्र खाऔं’ भन्ने मुल नाराका साथ हरेक वर्षको फ्रेब्रुअरी महिनामा सरकारले देशभर ‘आयोडिन महिना’ मनाउने गर्दछ । तर, आयोडिनयुक्त नुनभन्दा ढिके नुुन सस्तो पर्ने भएकाले ग्रामीण मात्र होइन सहरबजारमै खुलेयाम मानिसले ढिके नुनकै प्रयोग गर्दै आइरहेका थिए अहिले पनि बिशेष गरेर भारतीय सीमावर्ती क्षेत्रका स्थानीयले यसको धैरै प्रयोग गर्दै आइरहेका छन् । दुई बालबालिका चिन्ह भएको प्याकेटको आयोसडिनयुक्त नुनको महत्व बुझे पस्चात केही वर्षअघिसम्म भारतीय ढिके नुन उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन् । स्थानीय प्रशासनले भारतीय नुनको आयातमा कडाइसँगै सीमावर्ती क्षेत्रका स्थानीयले दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुन प्रयोग गर्न थालेका हुन् ।

‘आयोडिनयुक्त नुनको फाइदाबारे बुझेपछि भारतीय ढिके नुन खान छाडेर आयोडिनयुक्त नुन उपभोग गर्न थालेका छौँ, पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वाका जमालुदिन मियाँले भने, ‘आयोडिनयुक्त नुनको फाइदाबारे थाहै थिएन । त्यसैले हामी भारतीय ढिके नुनको प्रयोग गर्दै थियौँ । अब भन्ने आयोडिन नुनकै प्रयोग गर्न थालेका छौँ ।’

साल्ट्र ट्रेडिङले गाउँमै आयोडिनयुक्त नुनको फाइदा र महत्वको विषयमा समय समयमा प्रचारप्रसार गरेपछि आयोडिनयुक्त नुनप्रति आकर्षण बढेको उनको भनाइ छ । ढिके नुनमा त्यस्तो कुनै फाइदा नदेखिएपछि आयोडिन नुन खान शुरु गरेको सिरहाको ठोरी गाउँपालिका–४ का शम्भु श्रेष्ठले बताए । प्रहरीले पनि भारतीय नुन आयातमा कडाइ गरेपछि भारतीय ढिके नुन बन्द भएको उनको भनाइ छ ।

आयोडिनयुक्त नुन बजारमा २० मा बिक्री भइरहेको छ भने भारतीय नुन प्रतिप्याकेट भारतीय १० रुपैयाँमा बिक्री भइरहेको छ। ‘भारतीय सिमासँग जोडिएको पर्साको वीरगञ्ज महानगरपालिका, छिपहरमाई गाउँपालिका, ठोरी, पटेर्वासुगौलीलगायतका स्थानमा भारतीय ढिके नुनको प्रयोग बढी भइरहेको थियो’, साल्ट्र ट्रेडिङ कार्पोरेसन पर्सा वीरगञ्जका प्रमुख अमोज लामिछानेले भने, ‘भारतीय नुन प्रयोग भइरहेको स्थानमा आयोडिन नुनको प्रचारप्रसार गरेपछि अहिले भारतीय नुनको प्रयोगमा करिब ९० प्रतिशत कमी आएको छ ।’

स्थानीयको आयो नुनप्रति आकर्षण बढेसँगै पर्सा, बारालगायतका जिल्लामा आयोडिनयुक्त नुनको माग बढेको प्रमुख लामिछानेले जानकारी दिए । उनका अनुसार पाँच वर्षअघिसम्म पर्सा, बारा, रौटहट र सर्लाीमा गरी मासिक करिब १०र१२ हजार बोरा आयो नुन खपत हुँदै आएको थियो। पछिल्लो केही वर्षदेखि मासिक २० हजार बोरा आयोडिनयुक्त नुन खपत हुन थालेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९र०८० मा दुई ४० हजार बोरा आयो नुन खपत भएको प्रमुख लामिछानेको भनाइ छ । साल्ट्र ट्रेडिङ कर्पोरेसन पर्सा वीरगञ्जले पर्साको ११ , बाराको नौ , रौतहटको पाँच र सर्लाहीका सात गरी ३२ डिलरमार्फत चार जिल्लामा नुन बिक्री गरिरहेको छ ।

यो पढ्नु भयो ?