साझा कथा । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गतयको तेस्रो खेलमा नेपाललाई अफगानिस्तानले १४५ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा अफगानिस्तानले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको हो ।
अफगानिस्तानका लागि महम्मद घजन्फरले सर्बाधिक ३७ रन बनाएका थिए । त्यस्तै नसिर खानले ३१ र फिरोदोन दवजदाइले २९ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर आकाश चन्दले सर्बाधिक ६ विकेट लिए भने दिपेश कंडेलले २, गुल्सन झा, तिलक भण्डारी र सुवास भण्डारीले समान एक/एक विकेट खसाले ।