Ad Banner

बानेश्वरको सडकमा गुडिरहेको बस भासियो

साझा कथा । काठमाडौँको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिकुनेबाट रत्नपार्क तर्फ जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । त्यस लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । यसअघि पनि सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो भ्वाङ परेको थियो ।

यो पढ्नु भयो ?